काठमाडौं । बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियामा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ । दूतावासले आगामी जुन २४ बुधबारका दिन कम्बोडियाको नोम पेनस्थित एनआरएनए एनसीसीको कार्यालयमा उक्त शिविर आयोजना गर्न लागेको हो ।
शिविर बिहान १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
विद्युतीय राहदानी ‘ई–पासपोर्ट’ नवीकरण गर्न चाहनेले राहदानी विभागको वेबसाइट ‘https://emrtds.nepalpassport.gov.np/’ मा गएर अनलाइन आवेदन फाराम भर्नुपर्नेछ। फाराम भर्दा अपोइन्टमेन्ट लोकेसनमा ‘NE, Bangkok’ छानेर मिति र समय तोक्नुपर्नेछ। विद्युतीय राहदानी ‘ई–पासपोर्ट’ नवीकरण गर्न चाहनेले राहदानी विभागको वेबसाइट ‘जततउकः÷÷झचतमक.लभउबउिबककउयचत.नयख.लउ÷’ मा गएर अनलाइन आवेदन फाराम भर्नुपर्नेछ । फाराम भर्दा अपोइन्टमेन्ट लोकेसनमा ‘ल्भ्, द्यबलनपयप’ छानेर मिति र समय तोक्नुपर्नेछ ।
तोकिएको मितिमा समय उपलब्ध नभएमा जुनसुकै मिति छानेर फाराम भरे पनि शिविरबाट सेवा लिन सकिने दूतावासले जनाएको छ । फाराम भरिसकेपछि अन्त्यमा बारकोडसहितको पिडिएफ डाउनलोड गर्नुपर्नेछ । उक्त फाराम, राहदानी र नागरिकताको फोटोकपीसहित २०२६ जुन २३ अगावै दूतावासको इमेल ’nepalpassportbkk@gmail.com’ मा पठाएर भेरिफिकेसन गराउनुपर्नेछ । सेवा लिन आवेदक तोकिएको समय र स्थानमा आफैँ उपस्थित हुनुपर्ने नियम छ ।
शिविरमा जाँदा आवेदकले अनलाइन फारामको प्रिन्ट प्रतिसहित सक्कल नागरिकता र राहदानी बोक्नुपर्नेछ। नाबालकको हकमा नाबालक परिचयपत्रका साथै बाबु र आमाको नागरिकता, राहदानी र विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ। राहदानी हराएर नयाँ बनाउनुपर्ने अवस्थामा भने यी कागजातका अतिरिक्त पुलिस रिपोर्ट पनि अनिवार्य बुझाउनुपर्नेछ ।
राहदानी नवीकरणका लागि उमेर र अवस्थाअनुसार फरकफरक राजस्व तोकिएको छ । १० वर्षमुनिका नाबालकका लागि ४० अमेरिकी डलर र १० वर्षमाथिका सबैका लागि ८० अमेरिकी डलर शुल्क लाग्नेछ । यस्तै, हराएको, च्यातिएको वा जलेको राहदानीको हकमा भने १२० अमेरिकी डलर तिर्नुपर्नेछ ।