November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको हो ।

अर्को सूचना नआएसम्मका लागि यो निलम्बन कायम रहने फिफाले जनाएको छ ।

निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार समेत गुमाएको छ ।

Advertisement

फिफाका अनुसार निलम्बन अवधि कायम रहुञ्जेल एन्फासम्बद्ध राष्ट्रिय टोली तथा नेपाली क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।