गगन थापालाई ३९ मतले पछि पार्दै संसदीय दलको नेतामा देउवा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टीको संसदीय दलको नेता बनेका छन् । लोकतान्त्रिक पद्धतिअनुसार परिवर्तनको नारा लिएर चुनावी मैदानमा उत्रिएका महामन्त्री गगनकुमार थापालाई ३९ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बिहान सम्पन्न मतगणनामा देउवाले ६४ मत ल्याउँदा गगनले २५ मतमात्रै पाए । प्रतिनिधि सभाका...