हर्क साम्पाङलाई सम्झाउन बाध्य भए नेताहरु
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङविरुद्ध मुख्य राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् । मेयर साम्पाङले कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर जानु भनेपछि उक्त अभिव्यक्ति सच्याउन राजनीतिक दलले माग गरेका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको नगर नेतृत्वले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यपालिका सदस्यलाई धम्क्याउने हिसाबले राजीनामा दिनू भन्ने शब्द...