July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

यी हुन भागरथीका हत्या आराेपमा पक्राउ परेका दिनेश भट्ट

काठमाडौँ – गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ ।

भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएको छ । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले आफ्नो अपराध स्वीकार गरेका छन् ।प्रहरीले १३ अाै दिनमा उनलाई पक्राउ गरेको हाे ।उनलेे बदला लिन हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन ।

Advertisement