November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

घुस लिएको आरोपमा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सहित दुई जना पक्राउ

२०७७ फाल्गुन २७

धनुषा – धनुषा आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृत घुस रकम अधिकृतसहित पक्राउ परेका छन् ।

कर अधिकृत रमेश ढकाललाई सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ताका लागि सेवाग्राहीसँग रकम लिन लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

अधिकृत ढकालले आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्णलाई रकम लिन लगाएको अख्तियारको दाबी छ ।

Advertisement

ढकालका लागि रकम लिने कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले कर्णलाई रकमसहित जनकपुरधाम उप-महानगरपालिका स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट पक्राउ गरेको हो ।