November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

लहान विस्फोट अपडेटः ‘गणतान्त्रिक मुक्ति मोर्चा’को पर्चा भेटियो

काठमाडौं- सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको ठाउँमा गणतान्त्रिक मुक्ति मोर्चा ुगोइतु समूहको पर्चा फेला परेको छ।

प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहका अनुसार बम विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा फेला परेको हो। 

घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीसँगै नेपाली सेनाको टोली समेत घटनास्थल पुगिसकेको छ। घाइते भएकामध्ये सेवाग्राही दिनेश कुमार भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Advertisement