September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

४ लाख घुससहित काठमाडौं महानगरका वडा सचिव पक्राउ

काठमाडौं – काठमाडौं महानगरको वडा नम्बर ३० का  वडा सचिव (अधिकृत छैठौं तह) भरतकुमार पोखरेल ४  लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  टोलीले  रकम लिइसकेको अवस्थामा घुससहित वडासचिव पोखरेललाई पक्राउ गरिएको हो । 

उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

Advertisement