July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

बागलुङमा दुई जनाको शव भेटियो

बागलुङ- बागलुङको बडीगाड गाउँपालिका-१० बल्देधुरीमा दुई जनाको शव फेला परेको छ। निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको शव भेटिएको परेको हो।

होली खेल्ने क्रममा झडप हुँदा उनीहरूले ज्यान गुमाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उनीहरूको शव सडकभन्दा ५ सय मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताए।

Advertisement

घटनास्थलमा प्रहरी पुगिसकेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी हवारीले जानकारी दिए।