काठमाडौँ – स्वास्थ्य प्रयोजन बाहेक लुकाइ राखेको अवस्थामा राखिएका ६ हजार ४ सय ८४ थान सिलिण्डर सरकारले जफत गरेको छ । बिना प्रयोजन राख्नेहरुसँग प्रहरीले बरामद गरेको छ भने केहि उद्योगी व्यवसायीहरुले उद्योग मन्त्रालयलाई आफैं बुझाउने काम गरेका छन् ।
कोरोना संक्रमणको वृद्धि सँगै अक्सिजन अभाव भएपछि गृह मन्त्रालयको सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन समन्वय एवं अनुगमन समितिले बजारमा अनुगमन गरिरहेको थियो । जफत एवं संकलन गरिएका अक्सिजन सिलिण्डरलाई स्वास्थ्य मन्त्रालय र नेपाल प्रहरीको आपसी समन्वयमा शुक्रवार नै अस्पतालहरुमा पठाउने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।