November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

३३ किलो सुन काण्डमा फरार भोजराज पक्राउ

काठमाडौं : प्रहरीले ३३ किलो सुन काण्डमा फरार रहेका ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारीलाई पक्राउ गरेको छ।

भण्डारी नयाँबानेश्वरबाट शुक्रबार पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

मोरङको गौरादह नगरपालिका–८ घर भएका भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार थिए। ​

Advertisement