काठमाडौं । टिकटक बनाउनको लागि पुरुषले लगाएको सुनको सिक्री लिएर भाग्ने युवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बनेपा ३ काभ्रेका १९ वर्षीय उर्मिला भन्ने युनिसा मगर र नमोबुद्ध ८ काभ्रेकै २६ वर्षीय रोशनी भन्ने सुनिता तामाङ छन् । उनीहरुले दोलखा मेलुङ्ग गाउँपालिका ४ घर भई हाल काठमाडौ महानगरपालिका ६ .जि.का.म.न.पा.वडा नं.६ बौद्ध बस्ने एक पुरुष ब्यक्तिलाई एयरपोर्ट बोलाई एयरपोर्टबाट ट्याक्सीमा बस्न लगाई ललितपुरको चापागाउँ बसपार्क नजिकै रहेको खाजा कटेजमा खाजा खान भनी लगेका थिए ।
यूनिसा मगरले टिकटक बनाउन्छु भनि अं.३७.०५ ग्रामको सुनको सिक्री पुरुषबाट लिई साथीको जन्मदिन मनाउन चापागाउँकै मोक्तान होटलमा पु¥याएका थिए । त्यहाँ सुनिता तामाङ र पुरुष ब्यक्तिलाई होटलको कोठाभित्र बसेको केहीक्षणपछि सुनिताले पनि आफ्नो मोवाइल भित्रै छोडी बाहिरबाट कोठा बन्द गरी भागेका थिए ।
अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले काठमाण्डौको गोंगबुबाट सोमबार पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चातः ठगी सम्बन्धि कसुर मुद्दामा थप अनुसन्धान एंव कारबाहीका लागि महानगरीय प्रहरी परिसर जवालाखेल, ललितपुर पठाईएको छ ।