July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

एम महिलाले दुई छोराको हत्यापछि गरिन् आत्महत्या

धनुषा । धनुषामा एक महिलाले दुई जना छोराको हत्या गरी आत्महत्या गरेकी छन् । नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले शुक्रबार साँझ ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहलाई डोरीले घाँटी कसेर हत्या गरेपछि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

गुडियाका श्रीमान गुरुदेव साह कामको सिलसिलामा जनकपुर आएकाबेला दुबै छोराको हत्यापछि घरमै रहेको सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको प्रहरीले जनाको छ ।

घरमा कोही नभएको बेला चर्को स्वरमा डिजे साउण्ड बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

‘चिच्चयाएको आवाज बाहिर नसुनिउन भनेर चर्को साउण्डमा गीत बजाएर छोराहरुको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताए । प्रहरीले भने, ढोका बन्द गरी पहिले जेठा छोरालाई घाँटीमा ब्लेडले चिरेर मार्ने प्रयास गरेकी छन्। तर हिम्मत नपुगेपछि कपडाले घाँटी च्पापेर मारेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘जेठा छोरालाई नरिवलको डोरीले कसेर मारिछन्। त्यहीँ डोरीले झुण्डिएर आफू पनि आत्महत्या गरिछन्।’

घटनास्थलबाट गुडियाले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा बरामद भएको छ ।

प्रहरीका अनुसार १० वर्षअघि गुडिया र गुरुदेव साहले प्रेम विवाह गरेका थिए । तर गुडियाका आमाबुवाले उनीहरूको विवाह स्वीकार नगरेको अनुन्धानमा खटिएको ती प्रहरीले बताए । घटनाको कारण खुलिनसकेको प्रहरीको भनाइ छ ।

तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।