November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

एकै परिवारका तीन जना मृत अवस्थामा

मलंगवा । सर्लाहीको बरहथवा नगरपालिकामा आज एकै परिवारका तीन सदस्य मृत फेला परेका छन् । प्रहरीका अनुसार आमा कविता हजारी पासवन, छोरी सलोनी पासवान र छोरा स्वागत पासवान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन् ।

मृत्तक कबिता बरहथवा नगरपालिका–१, हजरियाका शिव हजारीको श्रीमती र उनका दुई छोराछोरी हुन् । छोरा र छोरीको शव भुँईमा फेला परेको र आमाको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कविताका श्रीमान रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छन् ।

Advertisement