July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

कृतिकालाई ठक्कर दिएर भागेका चालक पक्राउ

काठमाडौं । सोमबार साँझ काठमाडौंको तिलगंगामा स्कुटरलाई ठक्कर दिएर भागेका बस चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मयूर यातायातका चालक नुवाकोट दुप्चेश्वर घर भएका २६ वर्षीय श्रीमान तामाङ रहेका छन् ।

दुर्घटनापछि भागेका उनलाई लुकिछिपी बसिरहेको अवस्थामा बुधबार अपराह्न ४ बजे काठमाडौं महानगरपालिका बालाजुको बोहराटारबाट प्रहरीले पक्राउ गरेको हो ।

सोमबार साँझ साढे ६ बजे काठमाडौं महानगरपालिका–९ तिलगंगा पिंगलास्थानमा मयूर यातायातको बा ५ ख १५३८ नम्बरको बसले बागमती प्रदेश–०२–०२१ प १९३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

Advertisement

स्कुटर चालक दोलखा, तामाकोशी गाउँपालिका सिन्ले घर भई काठमाडौंको शान्तिनगरमा डेरा गरी बस्दै आएकी २६ वर्षीया कृतिका कार्की गम्भीर घाइते भएकी थिइन् ।

तत्कालै टिचिङ अस्पताल पु¥याइएको उनको उपचारको क्रममा मंगलबार बिहान ६ बजे मृत्यु भएको थियो ।