November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

लेटाङमा एकजना मृत अवस्थामा फेला

मोरङ । लेटाङमा एकजना मृत अवस्थामा फेला परेका छन् । नगरपालिका–२ फडानीस्थित ७० वर्षीय डम्बर बहादुर भुजेलको घरको आँगनमा सोही ठाउँ बस्ने ५५ वर्षीय प्रेम बहादुर बुढाथोकी सोमबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
हुन् ।

प्रहरीका अनुसार टाउको तथा अनुहारमा चोट लागेर बुढाथोकी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएको थियो । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले डम्बर बहादुरलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement