November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

दाउराले हानेर छिमेकीको हत्या

काठमाडौं । सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका १ बुम्रे का ४५ बर्षीय वाङदी शेर्पो छिमेकी कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरेका छन् ।

उनले गएराती पौने १२ बजे छिमेकी ५२ बर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटि वाङदी शेर्पालाई नियन्त्रणमा लिईएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement