November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

स्रोत नखुलेको करिब दश लाख नगद सहित पक्राउ

सप्तरी । राजबिराज नगरपालिका–५ स्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ९० हजार रुपैयाँ सहित २ जना पक्राउ परेका छन् ।

डाक्नेश्वरी नगरपालिका–५ बस्ने ३० वर्षीय राजेश चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिप मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक राजेश र मोटरसाइकलमा सवार दिलिपलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement