November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सुनसरीमा तरबार प्रहार गरी श्रीमतीको हत्या

धरान । सुनसरीमा तरबार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–१ उराव टोलका ३२ वर्षीय लालुप्रसाद उराव रहेका छन् ।

लालुप्रसादले शुक्रबार राति ३० वर्षीया श्रीमती चन्द्रकलालाई तरबार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तरबार प्रहारबाट चन्द्रकलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement