November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

मोरङको उखुबारीमा दुई पुरुषको शव फेला

विराटनगर । मोरङको उखुबारीमा दुई पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका वडा नम्बर ६ स्थित उखुबारीमा दुई शव भेटिएका हुन् ।

बुधबार दिउँसो उखु काट्न गएका किसानले बारीमा खनेको जस्तो देखेपछि प्रहरीलाई खबर भएको थियो । प्रहरीले बुधबार साँझ नै एक शव निकालेको प्रहरीले बिहीवार दिउँसो अर्को शव निकालेको हो ।

प्रहरीका अनुसार करिब ३०/३५ वर्षको र अर्को अन्दाजी ४५/५० वर्षको दुई पुरुषको शवलाई उखुबारी भित्रको करिब ३० मिटरको दूरीमा फरक-फरक स्थानमा खाल्डो खनेर गाडिएको थियो ।

Advertisement

अनुसन्धानबाट बिहीबार निकालिएको शव धरान उपमहानगरपालिका– ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको खुलेको प्रहरीले जानकारी दिएका छन् भने दोस्रो शवको खुलिसकेको छैन ।

दोस्रो शव भएको स्थानमा बाहिरैबाट शवको कपडा र कपाल देखिएको प्रहरीको दाबी छ । शवसँगै नुन पनि हालेका कारण अनुहार नचिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ। शवलाई चाँडो सडाउन नुन हालेको समेत पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार दुवै शवको घाँटीमा डोरीले बाँधेको र बुधबार भेटिएको शवको हात बाँधिएको अवस्थामा फेला परेका थिए ।

यश घटबाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।