काठमाडौं । दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जना पक्राउ परेका छन्। पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो।
ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि उनिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिहरूको नाम भने गोप्य राखिएको छ ।
प्रहरीका अनुसार रु १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्न्व तीनै जना होटल सञ्चालक हुन् ।
उनीहरुले दुई महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति रु १५ देखि १८ हजारसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।