November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

काठमाडौंबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौंबाट ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपनका २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तार्केश्वर नगरपालिका–११ हिलेटोल बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र कञ्चनपुर भिमदत्त नगरपालिका घर भई कपन बस्ने २७ वर्षीय खगेस खत्री छन् ।

उनिहरुलाई बूढानीलकण्ठ नगरपालिका–१० कपन आकाशेधाराबाट २२.८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी प्रहरीले जानकारी दिए ।

प्रहरीले पासाङ छिरिङ शेर्पाबाट प्रहरीले ६ ग्राम ब्राउनसुगर बरामद गरेको हो । उनको कोठामा तलासी लिँदा सो मात्रामा ब्राउनसुगर बरामद भएको हो ।

Advertisement

गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले शेर्पालाई शंकास्पद रूपमा फेला पारेको थियो । उनीमाथि प्रहरीले सोधपुछ गर्दा सो ब्राउनसुगर खगेस खत्रीको भएको बताएपछि प्रहरीले खत्रीलाई पक्राउ गरेको हो ।

त्यस्तै, उनीसँगै प्रहरीले तेन्जिङलाई पनि गोपीकृष्ण हल नजिकबाट सोमबार पक्राउ गरेको प्रहरीले बताए । प्रहरीका अनुसार तेन्जिङबाट प्रहरीले १६.८ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।