November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

महिलालाई जंगलमा लगि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपलिका–१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाल रहेका छन् ।

निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका–९ संगम चोकस्थित जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर आफूहरुलाई प्राप्त भएको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement