November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

धरान–भेडेटार सडकमा दुईवटा झोलामा मान्छेको शरीरको अंग फेला

धरान । धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोला र प्लाष्टिकमा मानिसको अंग भेटिएको छ । प्रहरीका अनुसार जेब्रा झोलामा टाउको र खुट्टा तथा प्लाष्टिकको झोलामा शरीरको अरु अंग भेटिएको छ ।

आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएको स्थानीयले जेब्रा झोलामा खुट्टा र टाउको देखेर प्रहरीलाई खबर गरेका थिए ।

शव पुरुषको भएको खुलेको छ । घटनास्थलमा गएर ईलाका प्रहरी अनुसन्धान गरिरहेको छ ।

Advertisement