November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

लागू औषधसम्बन्धी मुद्दामा पक्राउ परेका र्‍यापर लाउरे धरौटीमा रिहा

२०७८ फाल्गुन १०

काठमाडौं । लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा भएका छन् । उनलाई जिल्ला अदालत कास्कीले ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

गत १४ पुसमा उनीसँगै पक्राउ परेका नबिन कुमार गुरुङ, ध्रुवबहादुर थापा र सुस्मिता गुरुङलाई न्यायधीस बाबुराम सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा प्रहरीले लाउरेसहित ४ जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो ।

Advertisement

लाउरेले पछिल्लो समय रियालिटी सो हिमालयन रोडिजको निर्णायकमा रहेका थिए । त्यही रियालिटी सोका क्रममा नेपालका पूर्वी सहरहरुमा पुगेर उनी पोखरा फर्किएका थिए ।