November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

जेब्रा झोलाभित्र फेला परेको शवको सनाखत, कान्छी श्रीमती र एक पुरुष पक्राउ

२०७८ फाल्गुन १०

धरान । एकसाता अघि कोसी राजमार्गको धरान–भेडेटार सडकखण्डमा पर्ने आँपगाछी क्षेत्रको जंगलमा २ वटा जेब्रा झोलाभित्र फेला परेको शव इलामको चुलाचुली–५ बुकुवा बस्ने ४३ वर्षीय दिनेश सिग्देलको भएको खुलेको छ ।

शवको सनाखत भएसँगै अनुसन्धानका लागि प्रहरीले मृतक सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी सिग्देल र करिब ३५ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका अनिता र भण्डारीले प्रहरीलाई उक्त घट्ना पुस २२ गते भएको बयान दिएका छन् ।

Advertisement

मृतक सिग्देल बहराइनबाट पुस २० गते काठमाडौं आइ २१ गते विराटनगरस्थित कान्छी श्रीमतीसँग भेट भएको र २२ गते स्लिपिङ ट्याब्लेट दिएर घाँटी थिचेर हत्या गरी शरीर टुक्राटुक्रा पारेको जानकारी उनिहरुले दिएको प्रहरीले बताए ।

चुलाचुलीमा भएको १७ कठ्ठा जमिन बेचेको रकम र बहराइनमा कमाएको रकम सबै कान्छीको हातमा भएको र श्रीमान बहराइन भएको बेला यता नेपालमा अनिता अर्कै युवकसँग लागेपछि सम्पतीकै कारण हत्या भएको हुन सक्ने जेठी श्रीमती निर्मलाको आशंका छ ।

कान्छी श्रीमती अनितातर्फ १ छोरी छ भने निर्मलातर्फ २ छोरा र २ छोरी छन् ।

यस घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।