November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

१२ वर्षीय बालिका करूणा राई मृत अवस्थामा फेला

२०७८ फाल्गुन १३

मोरङ । उत्तरी मोरङको लेटाङस्थित स्थानीय लालहिरा सामुदायिक वनमा १२ वर्षीय बालिकाको शव फेला परेको छ । लेटाङ भोगटेनी नगरपालिका –८, ज्यामिरे टोलकी १२ वर्षीया करूणा राईको शव खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको हो ।

प्रहरीका अनुसार करूणा राईको शवलाई पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको छ ।

जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत राई बुधबार दिउँसो ४ बजेदेखि विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए । उनको शव शुक्रबार फेला पारेको हो ।

Advertisement

बालिकाको शरीरका विभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप भन्न सकिने प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक वृद्धसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।