November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

४८ लाख चेक बाउन्सको आरोपमा गीतकार दर्पण राई पक्राउ

काठमाडौं । गीतकार दर्पण राई पक्राउ परेका छन् । राईलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोलुखुम्बु सोताङ गाउँपालिका–३ घर भई काठमाडौं बस्दै आएका गीतकार दर्पण राईले पीडितलाई विभिन्न समयमा गरी जम्मा ४८ लाखको चेक काटेर दिएका थिए । उक्त चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।

राईलाई बुधबार प्रहरीले भैंसेपाटीबाट पक्राउ गरेको हो ।

Advertisement