November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

उदयपुर छात्रा हत्या प्रकरणमा सहपाठीको संलग्नता, २ जना पक्राउ

काठमाडौं । उदयपुर छात्रा हत्या प्रकरणमा सहपाठीसहित २ जना पक्राउ परेका छन् । बेलका नगरपालिका–१ मा भएको विद्यार्थी कविता सुनुवारको हत्यामा उनकै सहपाठीको संलग्नता देखिएको प्रहरीले दावी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एक अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको हो ।

वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।

Advertisement

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार प्रवेशिका परीक्षाका लागि ट्यूसन पढ्नलाई मंगलबार बिहान तिनैजना सँगै निस्किएका थिए । बाटोमा विवाद बढ्यो र सुरुमा वियरको बोतल र पछि ढुंगाले हानेर हत्या गरेको पाइएको प्रहरीको भनाई छ ।

प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुंगा पनि बरामद गरेको छ भने शवलाई पोष्टमार्टमका लागि लैजाने प्रहरीको तयारी छ ।