November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

भोजपुरकी २७ वर्षीया निला राई जगडोल जंगलमा मृत फेला

काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया निला राई गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी छन्। राई चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत थिइन् ।

बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको छ । निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । उनि काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार घटनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको छ । रुखहरूमा पनि रगत लतपतिएको छ । घटनाबारे महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement