काठमाडौं । स्याम्पूको झोलमा सुन मिसाएर ल्याएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सनसिल्क स्याम्पूको झोलमा मिसाएर १०० ग्राम सुन लुकाएर ल्याएका आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई सुनसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिराहाका निरन्जन कुमार सिंहलाई सुनको ब्रासलेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी शुक्रबार बिहानको फ्लाइटमा नेपाल आएका हुन् । उनी सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत् ओमनबाट नेपाल आएका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।