November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

अश्लील शीर्षक राखी युट्युबमा भिडियो प्रसारण गर्ने युटुवर पक्राउ

काठमाडौं । अश्लील शीर्षक राखी युट्युबमा भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ‘४ रियल टीभी’ नामको युट्युब च्यानलका सञ्चालक नुवाकोट बेलकोटगढी–७, महादेवफाँट घर भई काठमाडौं बस्दै आएका २२ वर्षीय प्रवेश लामा रहेका छन् ।

लामाले विभिन्न अश्लील शीर्षक राखी सामग्री प्रसारण गरेको उजुरी परेको साइबर ब्युरोले जनाएको छ ।

Advertisement