काठमाडौं । न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–३ घुम्ती बस्ने नुवाकोट बिदुर नगरपालिका–७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेल रहेकी छन् ।
शोभाले न्युजिल्याण्डको प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिन्छु, मासिक १ लाख ७० हजार रूपैयाँसम्म तलब हुन्छ र त्यसका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार रूपैयाँ लाग्छ भनि प्रलोभनमा पारी ९ जना पीडितहरूबाट ६३ लाख २० हजार रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई बुढानिलकण्ठ नगरपालिका कपन निलोपुलबाट पक्राउ गरी
थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको प्रहरीले जनाएको छ ।