November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

पाँचथर । १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाँचथरले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १८ हजार रुपियाँ भराउन आदेश भएको अदालतका श्रेस्तेदार विश्वजङ्ग सिजापतिले बताए ।

पीडित पक्षले आरोपितविरूद्ध ०७८ साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । उजुरीका आधारमा प्रहरीले आरोपितलाई ०७८ साउन ४ गते गिरफ्तार गरेको थियो ।

Advertisement