November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ

काठमाडौं । स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परका छन् । जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिका ६ रामनगरबाट स्रोत नखुलेको १० लाख रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई रौतहटस्थित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्रमा बस्ने मोहम्मद साहिद रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रामपुर खापका प्रमुख इन्स्पेक्टर कृष्णनन्दन यादव नेतृत्वको टोलीले बिहीबार साँझ रामनगरबाट जयनगर जाँदै गरेको बीआर ०५ यु ५१६५ नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गर्दा शाहिदको साथबाट नेपाली रुपैयाँ बरामद गरिएको जनाइएको छ ।

Advertisement

पक्राउ परेका मोहम्मद शाहिदविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।