काठमाडौं । काठमाडौंको एक सहकारीमा बिहीबार चोरी भएको छ । नागार्जुन नगरपालिका–४ बाफल सोल्टीदोबाटोस्थित सेती गणेश ऋण तथा बचत सहकारी संस्थाबाट करिब १५ लाख रूपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ ।
सहकारी संस्था रहेको भवनको मुलढोकाको ताल्चा फुटाई अपरिचित व्यक्तिहरूको उक्त नगद चोरी गरेका हुन् । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान
गरिरहेको प्रहरीले जनाएको छ ।