November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

एमालेनिकट खेलकुद महासंघ विज्ञ आयोगका सचिव राउत र केन्द्रीय सदस्य सुवेदी करणी मुद्दामा पक्राउ

विराटनगर : जबरजस्ती करणी अभियोगमा दुईजना पक्राउ परेका छन्। इटहरीकी १९ वर्षीया युवतीलाई जबरजस्ती गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा विनोद राउत र सुरज सुवेदी रहेको प्रहरीले जनाएको छ। राउत एमाले निकट नेपाल खेलकुद महासंघका सचिव, कराते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागका उपनिर्देशक हुन् भने सुवेदी केन्द्रीय सदस्य हुन् भने विराटनगर अस्पतालका सुरक्षा विभागमा कार्यरत छन्।

युवतीले जबरजस्ती करणीको आरोपमा उनीहरूविरुद्ध किटानी जाहेरी दिएको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार गत शनिबार पक्राउ परेका राउत र सुवेदीलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।