November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने ५५ वर्षीय पुरुष पक्राउ

काठमाडौं । कञ्चनपुरमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालझाँडी गाउँपालिका–२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त राना रहेका छन् ।

रानाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शंकरपुर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई मगलबार पक्राउ गरेको हो ।

Advertisement