November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सामान किन्न भारत लैजान्छु भन्दै होटलमा लगेर करणी गर्ने फरार प्रतिवादी पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कालिमाटीमा ग्यारेज/वर्कशप संचालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँ घर भएका ४७ वर्षीय सकील खान रहेका छन् ।

उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वरबाट पक्राउ गरेको हो ।

खानले २०७३ फागुन ८ गते ३२ बर्षीया महिलालाई मादक पदार्थ सेवन गराई लठ्ठ पारी ब्यापार ब्यवसाय संचालन गर्ने सामान किन्नका लागि भारत लैजान्छु भन्दै झुक्याई काठमाडौं नयाँबसपार्क जाने भनी ट्याक्सी चढाई काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित ओम सुन्धारा गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।

Advertisement

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।