धरान । धरानमा रेडपाण्डा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको केराबारी ६ का रजिस राई, धरान १६ का सुदेश विश्वकर्मा र सुन्दरहरैचा ५ मोरङका निश्चल श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई धरान १५ श्यामचौकबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले बिहीबार अपराह्न ४ बजे पक्राउ गरेको हो ।
रेडपाण्डाको छाला सङ्खुवासभाबाट ल्याएर बिक्री गर्न लागिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान गर्नका लागि वनसँग सम्बन्धित भएकोले बन कार्यालय तरहरा बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।