November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

झापामा अवैध लागुऔषधसहित एक जना पक्राउ

दमक । झापामा अवैध लागुऔषधसहित एक जना पक्राउ परका छन् । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका–४ पेल्टिमारी बस्ने ३३ वर्षीय सत्य नारायण याख्खा रहेका छन् ।

उनलाई झापा, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडिबाट १ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो
काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Advertisement