काठमाडौं । आफ्नै पत्नीलाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा प्रहरीले एकजना मकवानपुरको थाहा नगरपालिका–७ घर भएर बानेश्वर बस्ने २५ वर्षीय दिनेश कार्की पक्राउ परेका हुन् ।
कार्की विरुद्ध उनकै पत्नीले जबर्जस्ती करणी गरेको जाहेरी दिएकी थिइन् । कार्कीले आफूलाई बागबजारमा बलात्कार गरेको पत्नीको आरोप छ ।
कार्कीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले साउन १७ मा पक्राउ अनुमति दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अनामनगरबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।