कपिलवस्तु । महाराजगंज नगरपालिका–२ पडरीया बस्ने ६८ वर्षीय अब्दुल जब्बार धुनियाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६३ वर्षीय अब्दुल हक मुसलमान र उनकै २० वर्षीय छोरा सम्साद मुसलमान रहेका छन् ।
प्रहरीका अनुसार सोही ठाउँस्थित सिचाई गर्ने कुलोको विषयमा उनीहरुले अब्दुल जब्बार धुनिया र सोही ठाउँ बस्ने ३८ वर्षीय अब्दुल रहमानलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका अब्दुल रहमानको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुबै जनालाई पक्राउ ईलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।