November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

आफैँले घाटीमा खुकुरी प्रहार गरी आत्महत्या

धरान । भोजपुरको सानोदुम्बा–५ घर भई धरान–१३ बस्दै आएका ४१ बर्षीय रामबहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।

बिहिवार बेलुका रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका हुन् ।

खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाएको थियो ।

Advertisement

घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।