काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन् । उनलाई नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पु¥याएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
आइतबार पक्राउ परेका सिंहविरुद्ध नेवाः अभियन्ता सुमन सायमीसहितका केही अभियन्ताले दिएको उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।
सिंहले केही दिनअघि युट्युबमा पोस्ट गरेको कमेडी क्याफे नामक स्ट्यान्ड अप कमेडी विवादास्पद बनेको हो । उक्त भिडियोलाई अहिले युट्युबबाट हटाइएको छ । यस्तै, उनले माफी पनि मागिसकेका छन् ।
सिंहलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।