November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

मोरङमा चोरी मुद्धामा फरार रहेका दुई प्रतिवादी पक्राउ

विराटनगर । मोरङ जिल्ला अदालतको विभिन्न मितिको आदेशले कैद तथा जरिवाना फैसला भई फरार रहेका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

चोरी मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको २०७६।०३।११ गतेको फैसला आदेशले २५ दिन कैद र १,५०,०००÷– जरीवाना तोकिएका ईटहरी उप–महानगरपालिका– १३ का ३७ बर्षीय भुवन राजवंशी र लागु औषध मुद्धामा २०७७।११।०३ गतेको फैसला आदेशले ३ महिना २५ दिन कैद तोकिएका ईटहरी उप–महानगरपालिका– १० का ३० बर्षीय ज्ञानेन्द्र चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत विराटनगरमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार पठाएको छ ।

Advertisement