November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

मध्यराति उद्योगमा लुट्न पुगेका डाँका समूह र प्रहरीबीच गोली हानाहान, वरिष्ठ सई घाइते

काठमाडौं । बारामा हतियाधारी लुटेरा समूह र प्रहरीबीच झडप हुँदा बरिष्ठ सई घाँइते भएका छन् । गएराती बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका हतियारधारी डाँका समूह र प्रहरीबीच झडप हुँदा वरिष्ठ सई कमलबहादुर शाही घाइते भएका हुन् ।

डाँका समूहले फलामको रड प्रहार गर्दा टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।

प्रहरीका अनुसार शनिबार मध्यरात उद्योगमा लुटपाट गर्न पुगेको करिब १५÷२० जनाको डाँका समूहले प्रहरीमाथि फायर गरेको थियो । डाँका समूह आएको थाहा पाएपछि उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुगेको प्रहरीलाई देखेर डाँका समूहले फाइर गरेका थिए । त्यसपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरिएको प्रहरीले जानकारी दिए ।

Advertisement

प्रहरी दुईजना डाँकालाई पक्राउ गरेको छ । भाग्ने क्रममा दुई जना डाँकालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनास्थलबाट बन्दुक, कटुवा पेस्तोल र तीन राउण्ड गोली पनि बरामद भएको छ ।