November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

मोरङमा लागुऔषध सहित तीन जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ बाट १ जना र झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट २ जना ब्राउन सुगर सहित पक्राउ परेका छन् ।

विहीबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–१५ स्थितमा चेक जाँचको क्रममा को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहरी–४ सुनसरीका २२ बर्षीय बिशाल भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको छ भने लागुऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा लागुऔषध ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यलय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ बस्ने ३८ बर्षीया सुगन्दा अन्सारी र उनको १७ बर्षीय छोरा अर्मान अन्सारीलाई घर भित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement