भक्तपुर । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका–१ दुधपाटी बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
बिहीबार साँझ पक्राउ परेका उनले ती बालिकालाई भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।