इलाम । बृद्धाले लगाएको सुनका गरगहना लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेहरुमा मेचिनगर–३ झापाका २५ बर्षीय कुमार मगर, ३१ बर्षीय मनोराज राई र अर्जुनधारा नगरपालिका–३ का ३४ बर्षीय सन्तोष मगर रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले इलामको माई नगरपालिका–४ की ८० वर्षीया सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाट गरेका थिए । लुटपाट भएका सुनका गहना र नगद ४४ हजार ३ सय १३ रुपैयासहित आईतवार नै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
आईतवार बिहान ६ बजे बृद्धाले कान तथा घाँटीमा लगाएका विभिन्न प्रकारका सुनका गहनाहरु र नगदसमेत लुटपाट भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।